पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ मूल्य बराबरको डिजेल, पेट्रोल, एलपीजी, एटिएफ, र मट्टितेल आयात भएको छ। यो नेपालको पैसा कहाँ जान्छ को जवाफ हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिभन्दा ८४ करोड रुपैयाँ बढी हो। चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा ४ अर्ब ४६ करोड बढी हो।
सबैभन्दा बढी आयात भएको डिजेलको मात्र ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५.८१ लाख किलोलिटर छ, जसबाट २३ अर्ब १० करोड राजस्व उठ्यो। त्यसैगरी, पेट्रोल आयात २२ अर्ब १४ करोड रुपैयाँ बराबरको २.५५ लाख किलोलिटर रह्यो, जसबाट १४ अर्ब ४९ करोड राजस्व संकलन भयो। एलपीजीको आयात २० अर्ब ९० करोड रुपैयाँ बराबरको १८.२९ करोड किलोग्राम रह्यो, जसबाट ३ अर्ब ९१ करोड राजस्व संकलन भएको छ। भन्सार अधिकारीहरूले पूर्वाधार निर्माणको सिजन सुरू भएकाले आयातमा वृद्धि भएको बताएका छन्।
पैसा विदेश गएको हिसाब सरकार गर्दैन, यो आयतबाट राजस्व संकलन भएको मात्र हिसाब छ । राजस्व सरकार आफैं मनोमानी खर्च गर्छ ।

