२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

गोप्य अडियो बाहिरिएपछि ज्यान त्यागेका मन्त्रीका स्वकीय सचिवको ३ पेज लामो नोटमा के छ ?

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ। सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत अवस्थामा फेला परेका थापाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानमा विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको छ। घटनास्थलबाट एक सुसाइड नोट पनि फेला परेको छ । तीन पेज लामो सुसाइड नोट फेला परेको एक अनुसन्धान अधिकृतले बताए । जसमा पारिवारिक समस्याहरू र सहकारी मन्त्रालयसँगको केही विषयहरू उल्लेख गरिएको छ।

साथै आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने । यसअघि उनको एक अडियो बाहिर आएको थियो । पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस