२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अन्तत: दुर्लभ खनिज भण्डारमा अमेरिकासँग सम्झौता गर्न युक्रेन सहमत

Ukraine Finally Agrees to Deal with the U.S. on Rare Mineral Reserves

एजेन्सी । दुर्लभ खनिज भण्डारमा अमेरिकासँग सम्झौता गर्न युक्रेन सहमत भएको छ। अमेरिकासँग दुर्लभ खनिज सम्झौताको शर्त पूरा भएको एक युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनमा यसै साता सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। युक्रेनमा लिथियम र टाइटेनियम लगायतका महत्त्वपूर्ण तत्व र खनिजहरूको विशाल भण्डार छ। साथै ठूलो मात्रामा कोइला, ग्यास, तेल र युरेनियम भण्डारहरू छन्, जसबाट अर्बौँ डलर बराबरको आपूर्ति हुन्छ । संसारका महत्वपूर्ण खनिजको ५ प्रतिशत युक्रेनमा रहेको जनाइन्छ।

हवाई जहाजदेखि पावर स्टेसन निर्माणका लागि आवश्यक पर्ने टिटानियम पनि युक्रेनमा नै पाइन्छ। हतियार, विन्ड टबाईन, इलेकट्रोनिक्स सामान तथा अन्य महत्वपूर्ण उपकरणका लागि आवश्यक पर्ने १७ तत्त्व युक्रेनमा नै पाइन्छ । युद्ध शुरु भएसँगै केही खनिज भण्डार रूसले कब्जा गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस