२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

रारा ताल किनारको होटलमा भीषण आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो

सुर्खेत । मुगुस्थित रारा ताल किनारमा रहेको डाँफे होटलमा आगलागी भएको छ । बुधबार राति ११ बजेतिर आगलागी भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपाने जानकारी दिए ।

‘आएको पाहुनाहरू सबै सुतिसकेका रहेछन्, भान्साको काम सकेर होटेल कर्मचारी निस्कनुभयो,’ उनले भने, ‘त्यही भान्साबाट आगो सुरु भएर सबै सामानहरू जलेर नष्ट भयो । मानवीय क्षति भने भएको छैन । पाहुनालाई निकुञ्ज कार्यालय सारेर सुरक्षित गरियो । ’

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यहाँ पुगेर आगो नियन्त्रण गरिसकेको छ । नेपाल प्रहरीको टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । ‘म पन संयोगले यही आएको थिएँ, उनले भने, ‘के कति क्षति भयो भन्ने विस्तृत विवरण पछि आउला ।’

नजिकै ताल भएपनि सामग्री नहुँदा नियन्त्रण गर्न कठिनाइ हुँदा सबै जलेर नष्ट हुन पुगेको उनले बताए । उक्त होटेल पूर्व सांसद गोपाल बमको हो । यो होटेल रारा ताल किनारको एकमात्र होटेल हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस