सरकारले स्वीकृत गरेको नयाँ बीमा नियमावली अनुसार, बीमा कमिसन दरमा परिवर्तन गरिएको छ।
नयाँ नियम अनुसार, २० वर्ष वा सोभन्दा बढी अवधिको सावधिक र आजीवन जीवन बीमामा पहिलो र दोस्रो वर्षमा २५ प्रतिशत र तेस्रो वर्षदेखि दसौँ वर्षसम्म ५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ।
१५ देखि १९ वर्ष अवधिको बीमामा पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र तेस्रो वर्षदेखि ५ प्रतिशतको दर कायम गरिएको छ।
१० देखि १४ वर्ष अवधिको बीमामा पहिलो र दोस्रो वर्ष १५ प्रतिशत र तेस्रो वर्षदेखि ५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ।
८ देखि ९ वर्ष अवधिको बीमामा पहिलो र दोस्रो वर्ष १० प्रतिशत र तेस्रो वर्षदेखि ५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ।
५ देखि ७ वर्ष अवधिको बीमाका लागि पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्षदेखि ५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ।
एकल बीमा शुल्कका हकमा ६ प्रतिशत, म्यादी जीवन बीमाका हकमा १० प्रतिशत र अन्य बीमाका हकमा प्राधिकरणले तोके बमोजिम कमिसन दर लागू हुनेछ।


