२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रधानमन्त्रीको विरोध गरेपछि मेयर बालेन साहको निर्णयप्रति उपप्रमुख डंगोलको चर्को असन्तुष्टि

"Deputy Mayor Dongol Strongly Dissatisfied with Mayor Balen Shah's Decision After Criticizing the Prime Minister"

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा मेयर बालेन साहको विरोध गरेकी छन्। उनले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै साहले उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्तिगत आरोप लगाउनु अनुचित भएको बताइन्।

डंगोलले छानबिन समितिको प्रतिवेदन नआउँदै प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही वा नयाँ नियुक्तिको माग गर्नु गलत भएको बताइन्। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी देखिएमा उनलाई तत्काल हटाउनुपर्ने तर संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिइन्।

पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा स्वीकृतिको प्रक्रियामा अनियमितता भएको आरोपमा छानबिन समिति गठन भए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन। समितिलाई समय थप गरिए पनि अहिलेसम्म ठोस निष्कर्ष बाहिर नआएको उपप्रमुख डंगोलको गुनासो छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस