२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

रविसँग नाम जोडिएका नेता अमेरिकामा पक्राउ, रास्वपाले के भन्यो?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। पक्राउ परेका थापा रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्रमध्येका एक हुन्।

रास्वपा नेता मनिष झाका अनुसार थापा अमेरिकी अध्यागमन (इमिग्रेशन) को हिरासतमा रहेका छन्। यसबारे पार्टीलाई आधिकारिक जानकारी प्राप्त भएको छ।

थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रियाहरू समाधान गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएका थिए। त्यसैले पार्टीको केन्द्रीय सदस्यको सूचीबाट उनको नाम हटाइएको झाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस