२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनचाँदीको मूल्य आज पनि स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

१९ फागुन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस