२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

१५ वर्षभन्दा पुराना सवारी साधनले इन्धन नपाउने नियम कहिलेदेखि लागू ?

Vehicles

काठमाडौं। १५ वर्षभन्दा पुराना सवारी साधनले इन्धन नपाउने नियम लागू हुन लागेको छ । नेपालको खुल्ला सीमा रहेको भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई इन्धन नदिने नियम लागू गरेको हो । यसले नेपालमापनि प्रभाव पार्नेछ । सवारी बिक्रेताले नेपालमा बिक्रिको जाल फिजाउन सक्छन् । दिल्लीमा वायु प्रदूषण बढेसँगै सरकारले अप्रिल १ देखि इन्धन नदिने जनाएको छ । दिल्ली बढी वायु प्रदूषित शहरमा पर्छ । गत नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकाङ्क दर्ता गरेको छ ।

दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताएका छन् । होटल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदूषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गरिने उनले जानकारी दिए । दिल्लीमा वायु प्रदूषण बढ्दो समस्याका रूपमा रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस