२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

एउटा ‘होल्ड’ मा राखेर संसदले पाँच अध्यादेश स्वीकृत गर्‍यो

काठमाडौं । प्रतिनिधि सभाले पाँच अध्यादेश स्वीकृत गरेको छ, तर भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ। यो अध्यादेश २ माघमा जारी भएको थियो।
१४ पुसमा जारी सहकारी सम्बन्धी अध्यादेश बुधबार बहुमतले स्वीकृत भएको छ। त्यस्तै, २९ पुसमा जारी चार अध्यादेश—सुशासन प्रवद्र्धन, आर्थिक कार्यविधि (पहिलो संशोधन), निजीकरण (पहिलो संशोधन) र लगानी अभिवृद्धि सम्बन्धी— पनि बुधबार स्वीकृत भएका छन्।
राष्ट्रिय सभाबाट स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्नेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस