२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

चीनले ट्रम्पलाई भन्योः हामी अमेरिकासँग कुनै पनि युद्धका लागि तयार छौँ

काठमाडौं । चीनले रक्षा खर्च बढाउँदै अमेरिकी आयातमा बदलास्वरूप कर लगाउने घोषणा गरेको छ। डोनाल्ड ट्रम्प प्रशासनले फेन्टानिल संकटलाई कारण देखाउँदै चीनमाथि २० प्रतिशत भन्सार शुल्क लगाएपछि बेइजिङले कडा प्रतिक्रिया जनाएको हो।

चीनले ७.२ प्रतिशत रक्षा बजेट वृद्धि गर्दै अमेरिकी सामानमा १०.१५ अतिरिक्त भन्सार लगाउने जनाएको छ। चीनका प्रधानमन्त्री ली छियाङले सैन्य तयारी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चीनले दक्षिण चीन सागर, ताइवान र अष्ट्रेलियाली तटमा सैन्य गतिविधि बढाइरहेको छ। साथै, अमेरिकालाई टक्कर दिने गरी नयाँ आणविक विमान वाहक निर्माण गरिरहेको खुलासा भएको छ।

बेइजिङले अमेरिका, क्यानडा, र मेक्सिकोमाथि लगाइएको नयाँ करको विरोध गर्दै विश्व व्यापार संगठनमा उजुरी पनि दिएको छ। चीनले ट्रम्पको नीतिलाई अनुचित दबाब भन्दै ‘धम्कीले चीन डराउँदैन’ भन्दै कुनै पनि जवाफका लागि तयार रहन चेतावनी दिएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस