२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

२२ फागुन, काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।

यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । बिहीबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस