काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा रुकावट पुर्याउने कार्यलाई गलत भन्दै यसले लगानीकर्ताको मनोबल घटाएको बताएका छन्।
महोत्तरीमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन दिँदै गर्दा आन्तरिक लगानीकर्तालाई लगानी गर्नबाट रोक्नु नकारात्मक प्रभाव पार्नेछ।
पाथीभरा मन्दिरको सहज दर्शन र पर्यटन प्रवर्द्धनका लागि बनाइने केबलकार निर्माणमा रोक लगाउनु गलत भएको भन्दै उनले यसले स्वदेशी रोजगारीका अवसरमा समेत असर पुर्याउने जिकिर गरे।
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार

