२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘लोडसेडिङ कुलमानले हटाएका होईनन्, भारतले बिजुली दिएर हो’ : उर्जा मन्त्री खड्का

२२ फागुन , काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलमान घिसिङ व्यक्तिका कारण नभई भारतले विद्युत दिएका कारण नेपालबाट लोडसेडिङ अन्त्य भएको बताएका छन् । तत्कालीन समयमा नेपालको लोडसेडिङ अन्त्य गर्न बिजुली दिएकोमा भारतलाई धन्यवाद दिनुपर्ने उनले बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले त्यो समय भारतबाट सहजरुपमा विद्युत आपूर्तिका साथै मुलुकमा विधुत आयोजनाबाट थप विधुत उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।

साथै उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुन्य अंक दिनुपरेको बताएका छन् । उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्रचार गर्दा कुलमानले आफैलाई नम्वर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस