२२ फागुन, काठमाडौँ । सरकारले सन् २०२४ मा ५४ जना अमेरिकी नागरिकलाई निष्कासन गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले ५४ जना अमेरिकी नागरिकलाई निष्कासन डीपोर्ट गरेको हो ।
भिसाको म्याद सकेर पनि लुकिछिपी नेपालमा बसिरहेका उनीहरूलाई अध्यागमन विभागले निष्कासन गरेको हो । सरकारले २०२४ मा कूल ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ । निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका ओभर स्टेहरू बढी छन् । त्यस्तै ४५ जना अन्य कसूरमा निकालिएको स्रोतको भनाइ छ। तीमध्ये जबरजस्ती करणीदेखि बालयौन दुराचारसम्मको आरोप लागेकाहरू रहेको गृह मन्त्रालयको भनाइ छ ।
अध्यागमन ऐन २०४९ अनुसार विदेशी नागरिकलाई अवधि तोकि वा नतोकी निष्कासन गर्न सकिने व्यवस्था छ । अध्यागमन कार्यविधि २०६५ अनुसार कसूरको प्रकृति हेरी १० वर्षसम्म पुनः नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने व्यवस्थासमेत छ ।

