२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सुर्खेत जाँदैछन् ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली आज सुर्खेत जान लागेका हुन् ।
उनको बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम तय भएको छ । सुर्खेत विमानस्थलबाट प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डा लिलाधर तिवारीले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा शुक्रबार बिहान ११:३० बजेटबाट दीक्षान्त समारोहको प्रधानमन्त्रीबाट उद्घाटन हुने बताए ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

