२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बाह्रै महिना पाइने मेवा र खर्बुजा कहाँबाट आउँछ ?

२३ फागुन, काठमाण्डौँ । हाल भारतीय बजारबाट ठूलो परिमाणमा मेवा तथा खर्बुजा आइरहेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमन बानियाँले जानकारी दिएका छन् । दैनिक १५ देखि २० लाखको खर्बुजा र २० लाखको मेवा खपत हुन्छ उनले भनेका छन् त्यो सबै पैसा भारतमा जान्छ।

नेपाली उपभोक्ताले गर्मी मौसममा यसको उपभोग गर्छन् । यो समयमा थोरै मात्रामा नेपाली उत्पादन पनि आउने गरेको छ ।
बाह्रै महिना ठूलो परिमाणमा मेवा, खर्बुजा खपत हुने भएपनि स्वदेशमा भने यसको उत्पादन नगन्य मात्रामा भएको उनको भनाइ छ।
हाल कालीमाटी बजारमा मेवा प्रतिथोक मूल्य ४० देखि एक सय रूपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै, खर्बुजा भने प्रतिकिलो ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस