२३ फागुन, काठमाडौँ । पुराना वामपंथी नेता वामदेव गौतमले राजावादीहरुको सक्रियता बढ्न थालेपछि अनौठो टिप्पणी गरेका छन् । उनले राजसंस्था पुनस्र्थापित भए आफू जेल जानुपर्ने अवस्था आउने बताएका छन् । राष्ट्रियसभाका सांसद समेत रहेका गौतमले राजा आए आफू जेल जान तयार रहेको बताउँदै भागेर विदेश भने नजाने बताए ।
उनले शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘राजा आए म जेल जाउँला, जेल नगएर मर्न नै परे म ७६ वर्षिय मान्छे मरौंला बरु जेलै जान्छु तर लुक्न कतै विदेश जाँदैन । ’
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

