२४ फागुन, काठमाण्डौँ । यती एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ ।
यती एयरलाइन्सले कर्णालीमा सेवा विस्तारका लागि काठमाडौं–सुर्खेत उडान गर्न आज शनिबार परीक्षण उडान गरेको हो । एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगन्ज–सुर्खेत र सुर्खेत–नेपालगन्ज उडान उडान भरेको थियो ।
परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । यस्तै, प्रवक्ता बर्तौलाले दुई तीन दिनमा परीक्षण उडानको रिर्पोट आएपछि रिर्पोटको आधारमा उडान थाल्ने एयरलाइन्सको तयारी रहेको बताए ।
उनका अनुसार सुर्खेत विमानस्थललाई वैकिल्पिक विमानका रुपमा प्रायोग गर्ने र निकट भविष्यमा नियमित उडान गर्ने उदेश्यले परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाइन्सले आजै धनगढी विमानस्थलमा पनि परीक्षण उडान गरेको छ ।

