२४ फागुन , काठमाण्डौँ । माओवादी केन्द्रले जारी हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान स्थगित गरेको छ ।
माओवादीले राजावादीहरुले संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रहार केन्द्रित गरेको भन्दै तत्कालका लागि अभियान स्थगन गरेको हो । १२ फाुगनमा झापाबाट सुरु अभियान शनिबार रौतहट पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यले जनतामा असन्नोष बढाउने सरकारका क्रियाकलाप र व्यवस्थाविरुद्धका गतिविधिको प्रतिवाद गर्न केही दिनका लागि अभिायन स्थगन गरिएको बताए ।
पार्टीको बैठक बसेर अभियानको हालसम्मको समीक्षा गर्ने र फेरि अर्को तालिका तय गरेर अभियान अघि बढाइने उनको भनाइ थियो । ‘सरकारका एकपछि अर्को जनविरोधी र अलोकप्रिय गतिविधिले जनतामा निराशा बढेको छ ।
अभियानअन्तर्गत शनिबार रौतहटबाट बाराको सिम्रौनगढ प्रवेश गर्ने कार्यक्रम थियो । आचार्यले रौतहटको कार्यक्रम सकेर आजै प्रचण्डसहितका पदाधिकारी काठमाण्डौँ फर्कने तयारीमा रहेको जानकारी दिए । ‘सरकारका एकपछि अर्को जनविरोधी र अलोकप्रिय गतिविधिले जनतामा निराशा बढेको छ । त्यही निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उपयोग गर्न सकिन्छ कि भनेर राजावादी प्रतिगामी शक्तिहरु सल्बलाए’, आचार्यले भने, ‘सरकारलाई खबरदारी गर्न र निरंकुशतावादीहरुको प्रतिवादका लागि पनि केही दिन अभियान स्थगन गर्ने निर्णय भएको छ ।’

