काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै छन्। उनलाई समर्थकहरूले विशेष स्वागतको तयारी गरेका छन्।
यसैबीच, राजा फर्काउने दाबीबीच राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो साँझ शीतल निवासमा भेटवार्ता भएको छ। मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।
पछिल्लो समय समय राजनीतिक दलहरूमा अहिले व्यवस्थाप्रति खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त भइरहेको छ। यो कुरा प्रधानमन्त्रीदेखि लिएर शीर्ष नेताहरूले बताउने गरेका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

