२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

२०८१ गणतन्त्रको अन्तिम वर्ष हुनसक्ने प्रख्यात ज्योतिषको दाबी, आजै बन्यो विशेष खगोलीय संकेत अंक ७

काठमाडौं । प्रख्यात ज्योतिष सुरेश चन्द्र रिजालले नेपालमा फेरि ठूलो राजनीतिक परिवर्तनको संकेत देखिएको बताएका छन्। उनका अनुसार नेपाली राजनीतिमा “अंक ७” को विशेष भूमिका रहँदै आएको छ, जसले गणतन्त्रको भविष्यलाई अन्योलमा पार्न सक्ने संकेत देखिएको छ।

रिजालका अनुसार आगामी फागुन २५ गते आइतबार (५ं२.७) का दिन राजा ज्ञानेन्द्र वीरविक्रम शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी भैरहेको छ। संयोगवश, यो दिन पनि अंक ७ को प्रभाव देखिन्छ। उनले यो संयोग मात्र नभइ विशेष खगोलीय संकेत भएको दाबी गरेका छन्।

उनले सरकारलाई समयमै सचेत रहन सुझाव दिँदै भनेका छन्, “यदि सरकारले समयानुकूल निर्णय गर्न सकेन भने २०८१ साल गणतन्त्रको अन्तिम वर्ष हुन सक्छ।” राजनीतिक वृत्तमा उनको भविष्यवाणीले तरंग ल्याएको छ। आगामी दिनमा नेपालको राजनीतिक परिदृश्य कुन मोडतर्फ जान्छ भन्नेबारे चासो बढेको छ।

 

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tO9JRRhh0hc?si=RJmqMRVFv2Z4TpT2″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

 

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस