२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सिके राउतसँग जोडिएको ५ करोड काण्ड के हो?

काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा. सीके राउतले व्यक्तिगत रिसको कारण आफूलाई निलम्बन गरेको दाबी गरेका छन्। राउतले उनलाई पार्टीबाट निलम्बन गर्ने चार बुँदे आरोप लगाएका थिए।

कोषाध्यक्ष यादवका अनुसार, उनले स्वतन्त्र मधेस गठबन्धनका क्रममा पार्टीमा गरेको नगद लगानीको हिसाब माग्दा यो कारबाही गरिएको हो। उनले भने, ‘यो केही होइन, डाक्टर साहबले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो।’ उनले आरोपको जवाफ दिने र सबै कुरा चाँडै स्पष्ट गर्ने बताए।

यादवले आफूले पार्टीमा पाँच करोड भन्दा बढी रकम लगानी गरेको दाबी गर्दै त्यसको हिसाब किताब माग्दा यस्तो कारबाही भएको बताएका छन्। साथै, उनले अध्यक्ष राउतले पार्टीमा गुटबन्दी र विभाजनको आरोप लगाए पनि त्यो भ्रमपूर्ण र तथ्यहीन रहेको बताएका छन्।

पार्टीका अनुशासन समितिले कोषाध्यक्षलाई स्पष्टीकरण सोधेको छ र यससँगै समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरिएको छ। बैठक आइतबारदेखि बर्दिबासमा सुरु हुने छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस