२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र पूर्वगृहमन्त्री रवि लामिछाने आज आइतबार कास्की जिल्ला अदालतमा तारिख बुझ्नका लागि उपस्थित हुँदैछन्।

लामिछाने काठमाडौँबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन्। कास्की अदालतमा यो उनको दोस्रो तारिख हो।

पोखराबाट सिधै रुपन्देही जाने तयारी गरेका लामिछानेको रुपन्देहीमा भोलि सोमबार पनि तारिख रहेको छ। उनले पोखरामा स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका थिए।

यसै गरी, काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए। पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस