२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बिहेको भोलिपल्टै बेहुलाबेहुली मृत फेला

२५ फागुन, काठमाण्डौँ । भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ । घटना कैन्टको सहादतगञ्ज मुरावन टोलको हो ।
आजतकका अनुसार बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए । बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिस उनीहरूलाई उठाउन गएका थिए ।

ढोकाभित्रबाट चुकुल लगाइएको थियो । त्यसपछि परिवारले ढोका फोर्दा भित्र हेर्दा दुवैको शव भेटियो। दुबैलाई अस्पताल लगिएकोमा डाक्टरहरूले मृत्यु भइसकेको घोषणा गरेका थिए । सूचना पाउनेबित्तिकै प्रहरी पनि अस्पताल पुगेको थियो। प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

दुवैको बिहे यही ७ मार्चमा भएको थियो। शनिवार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन् । आइतबार दुवैको रिसेप्सन थियो र घरपरिवारले रिसेप्सनको तयारी गरिरहेका थिए। अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको आजतकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस