२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्व राजाका नाममा सडक फोहोर गरेको भन्दै राप्रपालाई कामनपाको १ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई वातावरणीय क्षतिको आरोपमा एक लाख रुपैयाँ जरिवाना गरेको छ। महानगर प्रहरीले पठाएको पत्र अनुसार, २०८१ फागुन २५ गते राप्रपाले आफ्नो पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका सार्वजनिक क्षेत्रका सडक, सडक पेटी, आईल्याण्ड तथा रेलिङमा भौतिक क्षति पुर्‍याएको र जथाभाबी फोहोर फ्याँक्दै वातावरण प्रदूषण गरेको जनाइएको छ।

महानगरपालिकाले यो कार्य फोहर मैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०५१ को उल्लङ्घन भएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ।

महानगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोग नेपाल र काठमाडौँ महानगरपालिकाको प्रशासन विभागलाई पनि जानकारीका लागि पठाइएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको नाममा आज राप्रपा लगायतका केही समूहले काठमाडौंमा प्रर्दशन गरेका थिए ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/z7N4Khx2UEw?si=MwLwWo1_ppGqQIxi” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

 

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस