२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ज्ञानेन्द्रले भनेः प्रधानमन्त्री ओलीकै निर्देशनमा योगी आदित्यनाथको फोटो राखियो

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीलाई आरोप लगाएका छन्।

शाहीले सोमबार फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीकै निर्देशनमा उनका सल्लाहकार विष्णु रिमालले फोटो राख्न लगाएको दाबी गरेका छन्। उनले नेपाली झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो गरिएको आरोप लगाए।

विमानस्थलनजिक आदित्यनाथको फोटो देखिएपछि यस विषयमा चौतर्फी चर्चा र आलोचना भइरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस