२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘बैंकका साहुहरूले ऋणीको घाँटी निचोरे’ : प्रधानमन्त्री ओली

२७ फागुन , काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूका साहु खराब हुँदा ऋणीहरू झन् समस्यामा परेको बताएका छन् । सोमबार आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले समस्यामा परेका ऋणीलाई ऋण थपेर समस्याबाट निकाल्नुपर्ने र ऋण असुल गर्नुपर्ने बताएका हुन् ।

बैंकहरूले व्यवावसायीलाई टिकाएर ऋण असुली गर्ने नीति लिनुपर्ने उनको भनाइ छ । “उद्योग व्यवसाय अफ्ठ्यारोमा परे भने बैंकहरू हतारहतार असुल गर्ने भन्नेतिर जाने कुराले गर्दा, असुल हुने स्थिति नै छैन उनीहरूको,” प्रधानमन्त्री ओलीले भने,  “खराब ऋणी भन्ने तर त्यहाँ साहु खराब हुन्छन् ।

अफ्ठ्यारो बेलामा मद्दत गरेर अगाडि बढाउन मद्दत गर्नुपर्ने ठाउँमा मद्दत नगरेर घाँटी निचोर्ने काम गरियो । यस कुराबाट हामी जोगिनुपर्छ ।” ऋणीलाई मद्दत गरेर तरिका मिलाएर रिर्टन लिनुपर्ने उनले बताए । ऋणी डुब्दै छ भने उसलाई पहिला उतार्नुपर्ने ओलीले बताए ।

ऋणी डुब्यो भने उसले लिएको ऋण तिर्न नसक्ने ओलीले बताए । “तरिका मिलाएर रिटर्न हुन्छ । ऊ डुब्दै छ भने उसलाई पहिला उतार्नुपर्‍यो । ऋणी डुब्यो भने लिएको ऋण कहाँबाट तिर्नु रु” ओलीले भने ।

कोही ऋणी पनि ऋण नतिरेर डुब्न नचाहने उनले बताए । बढी तरलता भएर चाहिन नचाहिने ठाउँमा बैंकहरूले लगानी गरेको ओलीले बताए । “बढी तरलताले अर्को दूष्परिणाम ल्याउँछ । त्यसपछि तरलता सकिन्छ,” प्रधानमन्त्री ओलीले भने ।

बैंकहरूसँग पैसा नभएका बेला उत्साहमा दिइएका ऋण नउठ्ने र बैंकहरूले थप ऋण दिन नसक्ने उनको भनाइ छ ।हरेक क्षेत्रलाई एक–अर्काको परिपूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस