स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। मंगलबार नेपालमा सुन तोलामा एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी पनि एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार सोमबार सुन एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो। चाँदी पनि तोलामा एक हजार ९८५ रुपैयाँ पुगेको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार

