२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ट्रम्पको नीतिले विश्व बजार तहसनहस

काठमाडौं । अमेरिकी आर्थिक मन्दीको आशंकाले वैश्विक स्टक बजारमा गिरावट आएको छ। एशियाली बजारहरू समेत प्रभावित भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ नीतिहरूले अर्थतन्त्रमा समस्या निम्त्याउन सक्ने चिन्ताले लगानीकर्ताहरूलाई सताएको छ। ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणकालीन अवस्थामा रहेको बताएपछि बजारमा अस्थिरता देखिएको हो।

मंगलबार जापानको निक्केई २.७ प्रतिशतले घट्यो, दक्षिण कोरियाको केपीओआई र हङकङको ह्याङ्ग सेङ्ग सूचकांक पनि ओरालो लागेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस