२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूवराजाको शक्ति प्रदर्शनपछि संसदमा प्रचण्डको गर्जन, प्रधानमन्त्री के गर्छन्?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दैछन्। यहीँ २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको शक्ति प्रदर्शनपछि प्रचण्ड पहिलोपटक संसदमा बोल्न लागेका हुन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने कार्यक्रम रहेकोले उनी अनुपस्थित रहनेछन्।

यसअघि माघ २४ गते पनि प्रचण्डले संसदमा बोल्दा ओली उपस्थित थिएनन्, जसमा प्रचण्डले गुनासो गरेका थिए। संसदीय परम्पराअनुसार सत्तापक्ष र प्रतिपक्षी नेताहरू एकअर्काको सम्बोधन सुन्नुपर्ने उनले बताएका थिए।

ओली मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विराटनगर जाँदैछन्। संसदमा आकस्मिक र शून्य समयपछि प्रचण्डको सम्बोधन हुनेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस