२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वराजालाई स्वागत गर्न पुगेका कमल थापाले भने : लोकतन्त्रको विकल्प छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन।”

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पोखराबाट काठमाडौं आइपुगेका बेला र्‍याली निकालिएको थियो। यसलाई लिएर कतिपय राजतन्त्र पक्षधर उत्साही भएका छन्। थापाले आफू राजासहितको लोकतन्त्रको पक्षमा रहेको प्रष्ट पारेका छन्, र बेलायत, जापान, र नर्वे जस्ता राष्ट्रहरूको उदाहरण दिँदै राजासहितको लोकतन्त्रलाई सफल मानेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस