२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

दुर्गा प्रसाईंको राप्रपा नेतामाथि गम्भीर आरोप, राजतन्त्रबारे दिएको बयानले तरंग

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा राजसंस्थाको पुनर्स्थापनाका लागि आफू निरन्तर लागिरहेको स्पष्ट पारेका छन्। उनले २०७२ सालमा संविधान घोषणाको समयमा राप्रपाका नेताहरू कमल थापा र राजेन्द्र लिंगदेनले हस्ताक्षर नगरेको भए नेपाल सनातन धर्म मासिने र धर्मनिरपेक्ष राज्यको रूपमा स्थापित हुने दाबी गरेका छन्।

प्रसाईंले आफू कुनै अमुक शक्तिसँग मिलेर आन्दोलन अघि बढाउन तयार नरहेको उल्लेख गर्दै गरिब, विपन्न नागरिक, उत्पीडित वर्ग, बैंकले कालोसूचीमा राखेका व्यवसायी, सहकारी पीडितहरूको पक्षमा रहेको बताएका छन्। उनले सडक आन्दोलनका लागि आफू कुनै राजनीतिक शक्ति वा ‘हलीहरू’ सँग सहकार्य नगर्ने जनाउँदै, अब राजसंस्थाको विषयमा राजा ज्ञानेन्द्र शाह स्वयं अगाडि बढिसकेकोले आन्दोलनको नेतृत्व उनैले गर्ने बताएका छन्। प्रसाईंले आफू राजा ज्ञानेन्द्रको ‘सारथी’को भूमिकामा रहने स्पष्ट गर्दै, अरू राजनीतिक शक्ति वा समूहहरूसँग सहकार्य नगर्ने अडान लिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस