२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रचण्ड–विप्लवसहितको समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विशाल प्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए । उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।

प्रवक्ता प्रकाण्डले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्न आमजनतामा अपिल गरिने बताए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा, माधव कुमार नेपाल नेतृत्वको नेकपा एस लगायका दलहरु यस मोर्चामा छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस