२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

स्ववियु चुनावमा एमालेको छलाङ : मिर्मी बहुमुखी क्याम्पसमा मुना न्यौपाने दोस्रोपटक भइन् सभापति

पोखरा । स्याङ्जाको मिर्मी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्विरोध भएको छ ।

स्ववियु सभापति मुना न्यौपाने पुनः निर्वाचित भएकी छन् । यसअघि पनि उनी मिर्मी बहुमुखीको अध्यक्ष थिइन् । त्यस्तै स्ववियु सचिवमा कोशीश बस्याल र कोषाध्यक्षमा किशोर पाण्डे निर्वाचित भएको क्याम्पसको निर्वाचन समितिले जनाएको छ । यो सहित स्ववियु चुनावमा एमाले अखिलले तीस स्थानमा निर्विरोध अध्यक्ष जितेको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस