२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वसभामुख सापकोटाविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी, के छ आरोप?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अपहरण तथा हत्यासम्बन्धी मुद्दाको सुनुवाइ जारी छ। काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोपमा सापकोटामाथि तीनवटा मुद्दा दायर भएका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दीक्षित, सुशील प्याकुरेलसहित आठ जनाले सापकोटाविरुद्ध मुद्दा हालेका थिए।

पूर्णमायाले २०६९ मा जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्, जसको पुनरावेदन सर्वोच्चमा पुगेको हो। सर्वोच्चले यसअघि अनुसन्धान विवरण झिकाउन आदेश दिएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस