भक्तपुर। मध्यपुरथिमि नगरपालिका-३ गट्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालक श्यामकृष्ण कायस्थको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थले चलाएको मोटरसाइकललाई बागमती प्रदेश-०३-००१ ख १८८४ नम्बरको मोटरसाइकललाई बा ३१ प ४४४ नम्बरको टिपरले बुधबार पौने ४ बजे ठक्कर दिएको थियो।
घटनामा गम्भीर घाइते भएका श्यामकृष्णलाई भक्तपुर इन्टरनेशनल अस्पताल पुर्याइएको थियो, जहाँ डाक्टरले १४:९ बजे मृत घोषित गरे।
प्रहरीले टिपर चालक ४७ वर्षीय चन्द्रलाल शाक्यलाई सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घरबाट पक्राउ गरेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार

