२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बुटवलबाट प्रचण्डको गर्जन, काठमाडौं केन्द्रित आन्दोलनबारे के भने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक अधिकारको रक्षाका लागि जुनसुकै बेला काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने बताएका छन्।

बुधबार मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका खराब क्रियाकलापका कारण प्रतिगामी शक्तिको चलखेल बढेको भन्दै आन्दोलनका लागि अपिल हुनसक्ने बताए।

उनले भने, “जनयुद्धको बलमा प्राप्त अधिकार उल्ट्याउने प्रयास भइरहेको छ, त्यसलाई जोगाउन नयाँ राष्ट्रिय आन्दोलन आवश्यक छ।” उनले, “पार्टीले अपिल गरेपछि काठमाडौंमा लाखौंको संख्यामा उपस्थित हुन तयार हुनुपर्छ।”

प्रचण्डले वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त र राम्रो काम गर्नेलाई सताउने आरोप पनि लगाउँदै, प्रधानमन्त्री र मन्त्रीहरूको कार्यसम्पादन कमजोर रहेको बताए। “नैतिकताका आधारमा राजीनामा दिनुपर्ने,” प्रचण्डले भने।

सम्मेलनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, र पूर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरूले मगर समुदायको आन्दोलनको महत्त्व र भूमिकाबारे विचार व्यक्त गरे।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस