२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

होली पर्व मर्यादित रूपमा मनाउन सभामुख घिमिरेको अपिल

काठमाडौं । सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्वलाई संस्कार, सभ्यता र आपसी प्रेमको चाड भन्दै मर्यादित र सभ्य रूपमा मनाउन अपिल गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै होलीले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे।

सभामुख घिमिरेले होली असत्यमाथि सत्यको विजयको प्रतीक रहेको बताउँदै भक्त प्रह्लादको कथासँग जोडिएको धार्मिक महत्त्वसमेत रहेको उल्लेख गरे। उनले यो पर्व जातजाति, धर्म र क्षेत्रका मानिसहरूबीच मेलमिलाप, एकता र नेपाली समाजको पहिचान झल्काउने अवसर भएको बताए।

पछिल्लो समय होली मनाउने क्रममा जबरजस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने र मादक पदार्थको दुरुपयोग गर्ने जस्ता विकृतिले चाडको वास्तविक भावना धमिल्याएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक विविधता बोकेको देश भएकाले चाडपर्वहरू आपसी एकता, सद्भाव र सहकार्यको माध्यम बन्नुपर्ने सभामुख घिमिरेको सन्देशमा उल्लेख छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस