काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको छ। उनले आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका थिए।
उनीलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार दिइएको थियो। थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार

