काठमाडौं । उदयपुरको बेलका नगरपालिका-५ शिखरमाडीका २४ वर्षीय कृष्ण परियार र भरत बिशुंखेलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको छ।
बालिकाले गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार

