२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काठमाडौंको शिवदर्शन होटलबाट तीनजना रंगेहात पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थान चोक नजिक शिवदर्शन होटलबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घरका २१ वर्षीय सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घरका २१ वर्षीय बिशाल थापा र कास्की घरका १६ वर्षीय किशोर रहेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस