२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

१ चैत्र , सुर्खेत । गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका(१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन् । फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।

गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए । गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस