२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

धनुषामा बस दुर्घटना, २० भन्दा बढी घाइते

काठमाडौं । धनुषामा भएको बस दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार घाइतेहरूलाई ६ वटा एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

बसमा अधिकांश १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेका यात्रु रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस