२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ज्ञानेन्द्र शाहीको आरोप: प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रचण्ड र तत्कालीन सरकारलाई षड्यन्त्र गरेर राजा वीरेन्द्रको वंशनाश गरेको आरोप लगाएका छन्। शाहीका अनुसार, दरबार हत्याकाण्डमा सबैभन्दा बढी फाइदा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भएको थियो।

यसअघि, प्रचण्डले ज्ञानेन्द्र शाहमाथि दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको र मूर्ति चोरको आरोप लगाएका थिए। शाहीले प्रचण्डलाई विदेशीको गुलाम नबनिर र देशका लागि नवीनतम सम्झौतामा आउन आग्रह गरेका छन्।

फेसबुकमार्फत यस्तो छ शाहीको जवाफ :

प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईँले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईँले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SmG, SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ?

मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईँलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो तपाईँले मार्‍यो ? निहत्था नागरिकलाई बाटो बाटोमा बम थाप्दै कसले हत्या गर्‍यो? तपाईँले गर्‍यो ।

विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईँले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईँले गर्‍यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ।

तर यस्तै भड्किला झूटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईँलाई माफी दिने छैनन्। त्यसैले भन्छु नवीनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस