काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन्। उनले पूर्व सरकारद्वारा ०६९ सालमा ल्याइएको अध्यादेशलाई अहिले फेरि उठाएर हल्ला गरिएको बताए।
सिंहले भने, “जनताले संघर्ष गरेर अधिकार प्राप्त गरेका छन्, सरकारले जनताको जीवन सहज बनाउन काम गरिरहेको छ।”
त्यसैगरी, सिंहले कांग्रेसको एकता र गुटबन्दी छोडेर एकताबद्ध हुनको आवश्यकता पनि व्यक्त गरे।
प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार

