२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शान्तिटोलका १० जना एकसाथ बिरामी पर्नुको रहस्य खुल्यो

www.janaboli.com;

काठमाडौं । तनहुँको व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा दश जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नो बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाएका थिए। यसपछि च्याउ खाएकाहरूमा बिरामीको संख्या दस पुगेको हो।

बिरामी हुनेमा व्यास नगरपालिका-६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए।

प्रहरीका अनुसार, ती सबैले शुक्रबार साँझ च्याउ खाएका थिए। अहिले बिरामी सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस