२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कालीदास बाबाद्वारा हलेसी र कालिका भगवती मन्दिरको दर्शन

३ चैत्र, काठमाण्डौँ । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) ले शनिबार खोटाङको त्रि–धार्मिकस्थल हलेसी र दिक्तेल स्थित कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गरेका छन् । दिक्तेलस्थित धार्मिक तथा पर्यटकीय स्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिको आमन्त्रणमा उनी हेलिकोप्टरमार्फत खोटाङ आइपुगेका थिए ।

हलेसीको दर्शन पश्चात् कालीदास बाबाले दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूर्ण पुण्य प्राप्त नहुने बताए । उनका अनुसार, दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूर्ण पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । कालिका भगवती मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कालीदास बाबाले भने, “हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजनले दिक्तेलको कालिका भगवती मन्दिरसमेत पुग्नुपर्छ ।
यसरी गरिएको पूजाअर्चनाले मात्रै भक्तजनको मनोकांक्ष पूरा हुने धार्मिक ग्रन्थमा लेखिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस