२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

अमेरिकाले ग्रीन कार्डधारीहरूलाई पनि लखेट्ने

३ चैत्र, काठमाडौँ । अमेरिकाले ग्रीन कार्डधारीहरूलाई पनि लखेट्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियान अनुसार ग्रीन कार्डधारीहरूलाई पनि निश्कासन गर्ने भएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनकार्डधारीहरूलाई सधैंभरि अमेरिका बस्ने अधिकार नरहेको बताएपछि यसले थप पुष्टि गरेको छ । ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार मिल्छ भन्ने होइन,’ भान्सले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

भान्सको अमेरिकी सरकारलाई ग्रीनकार्डधारीहरूलाई पनि निष्कासन गर्ने अधिकार रहेको अभिव्यक्ति सार्वजनिक भएपछि अमेरिकामा थप आप्रवासीहरू भयभित बनेका छन् । सामान्यतः ग्रीनकार्ड प्राप्त आप्रवासीले कानुनी रूपमै स्थायी रूपमा अमेरिका बस्न पाउँछन् । यो कार्ड पाएका आप्रवासीलाई अमेरिकामा स्थायी रूपमा बसोवास गर्न र काम गर्ने अधिकार हुन्छ ।

भान्सको अभिव्यक्तिसँगै युक्रेनी शरणार्थीहरू ट्रम्पले अस्थायी रूपमा अमेरिकामा बस्ने अनुमति उल्ट्याउने हुन् कि भन्ने असमञ्जसमा परेका छन् । अब, ग्रीन कार्ड होल्डरहरू आफैं पनि ट्रम्पको निर्वासन सूचीमा परिने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार शनिबार राति विद्यार्थी आन्दोलनका नेताहरू मध्येका एक ग्रीन कार्ड होल्डर महमूद खलील पक्राउ परेपछि यो डर झन् बढेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस