३ चैत्र, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाएकै आधारमा गिरफ्तार गर्न उचित नहुने बताएका छन् ।
उनले आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने र फोटो जलाउँदैमा विरोध उचित नहुने बताएका हुन् ।
‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ प्रचण्डले भनेका छन् । प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले शनिबार हेटौंडामा प्रचण्डको फोटो जलाएका थिए ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार

